Posts

Showing posts from March, 2024

(लघुलेख) राजनीति बुझ्नै पर्ने ज्ञान

Image
  (लघुलेख) राजनीति बुझ्नै पर्ने ज्ञान सरण राई राजनीति सर्वाेपरि छ । राजनीतिले सबै मानिसहरूका जन्मदेखि मृत्युसम्म प्रभाव पारिरहेकाे हुन्छ । सबै कुराहरूझैँ राजनीति पनि असल र खराब हुन्छ । असल राजनीतिले जीवन सुन्दर रमणीय र सहज बनाउँछ भने खराब राजनीतिले जीवन र जगत नर्क बनाउँछ । राजनीति बुझ्नु भएकाे छ / छैन त्यसले व्यक्तिको साेच जीवन व्यवस्थापन अवस्थिति र अवस्थाका साथै प्रगति पनि प्रभावित हुन्छ न‌‌ । तसर्थ राजनीति बुझ्न जरूरी हुन्छ । अपशाेस ! राजनीति देखेकाे जस्ताे र साेचेकाे जस्ताे हुँदैन । हात्तीको देखाउने र चपाउने बेग्लाबेग्लै दाँहरू भएजस्तै राजनीति हुन्छ । राजनीति सबैले बुझ्नुपर्ने कुरा वा ज्ञान हाे । राजनीति नबुझेसम्म जीवन जगत बुझ्न सकिदैन । साथै तपाईं आफूलाई असल मानिस सम्झनु हुन्छ भने प्लेटाेले भन्नुभएझैँ "राजनीतिमा सरिक हुनु हुनुपर्छ । असल मानिसहरूले राजनीतिमा नलागि खालि ठाउँ छाडे त्याे ठाउँ खराबहरूले ओगट्ने छन् र खराब र घटियाहरूबाट असल मानिसहरू शासित हुनुपर्छ । तसर्थ राजनीतिमा असल मानिसहरू सरिक हुनुपर्छ ।" क्रमश: २०८०/१२/९ २०८०/१२/११

(लघुलेख) के राजनीति बुझ्नुभएकाे छ ?

Image
(लघुलेख) के राजनीति बुझ्नुभएकाे छ ?   सरण राई   राजनीति सर्वाेपरि छ । राजनीतिले सबै मानिसहरूका जन्मदेखि मृत्युसम्म प्रभाव पारिरहेकाे हुन्छ । सबै कुराहरूझैँ राजनीति पनि असल र खराब हुन्छ । असल राजनीतिले जीवन सुन्दर रमणीय र सहज बनाउँछ भने खराब राजनीतिले जीवन र जगत नर्क बनाउँछ । राजनीति बुझ्नु भएकाे छ / छैन त्यसले व्यक्तिको साेच जीवन व्यवस्थापन अवस्थिति र अवस्थाका साथै प्रगति पनि प्रभावित हुन्छ न‌‌ । तसर्थ राजनीति बुझ्न जरूरी हुन्छ । अपशाेस ! राजनीति देखेकाे जस्ताे र साेचेकाे जस्ताे हुँदैन । हात्तीको देखाउने र चपाउने बेग्लाबेग्लै दाँतहरू भएजस्तै राजनीति हुन्छ ।   २०८०/१२/९ क्रमश:  

(लघुलेख) अब मलाई के चाहिन्छ ?

Image
  (लघुलेख) अब मलाई के चाहिन्छ ?   सरण राई   ७४वर्ष एक महिना पूरा गरेपछि याे प्रश्न मनमा उठ्न थालेकाे छ । मान्छे परिस्थितिकाे दास भन्छन् ,हाे रहेछ । उमेरकाे हिसाबले दस दस वर्षको अवधि आआफ्नो विशेषता बाेकेर आउँदाे रहेछ । दस वर्षको उमेरसम्म केटाकेटी ! दस वर्षको उमेरभित्र पनि पाँच पाँच वर्षकाे अवधिकाे अर्कै फरक गुणहरू जस्ताे पाँच वर्ष मुनिकाे बालक ।६ वर्ष पछि अलिक अर्कै -- नयाँनाैलाे सिक्ने उमेर । त्यस्तै २०-२९/ ३०-३९/४०-४९/५०-५९/६०-६९/७०-७९/८०-८९/९०-९९/उमेर अवधि ... ७५भन्दा अगाडिका सबै भाेगियाे । थाहा पाइयाे । यसबारे भन्नै परे-- मैले मेराे प्रकाशित १३वटा पुस्तक, ब्लग र युट्युबमा भनिसकेकाे छु ।सुन्नु नसुन्नु आआफ्नै खुसी हाे । अब भावि दिनबारे म के चाहन्छु ? समयले अर्थात वृद्ध उमेरले मानिसलाई खुम्चाउदै लादाे रहेछ । "असिमीत चाहना सिमीत साधन" अर्थशास्त्रमा खुब पढियाे भनियाे ४०वर्ष पढाइयाे । चाहना त अझै असिमीत छ तर उमेरले इच्छा पनि खुम्चाउदाे रहेछ । अब मलाई चाहिने के हाेला? अनुत्तरित ! अब प्राय सबै भाेगियाे कुवाकै भ्यागुताे भएर भएपनि । कुवा नै भ्यागुताकाे ...
Image
  (लघुलेख) मान्छेकाे सभ्यता ?   सरण राई   सभ्यता? सभ्यता मान्छेकाे । आज मानिस आफूलाई सभ्य ठान्छ । याे सभ्यता सर्भाइबलकाे सभ्यता हाे । शारिरीक रूपमा निर्धाे उसले अरू जानवरहरूसित लड्दा उसले आविष्कार गरेकाे हतियार उल्लेख्य भएकाे छ र आज मानिस मात्रकाे एकछत्र राज्य विश्वमा कायम भएकाे छ । मानिसकाे आदिम प्रवृत्ति युध्द पनि रहेछ । ठूला,साना र विश्वयुध्दका डरलाग्दा घट्नाहरूले ईतिहास लेखिएकाे छ ।हार्नेहरू मासिएका छन्, जित्नेहरूकाे मर्यादा सभ्यता भएकाे छ । अहिले पनि रूस युक्रेन युध्दले तेस्राे विश्वयुध्द ल्याउने सम्भावना देखिदै छ । अहिले आणविक हतियार, क्षेप्यास्र र अन्य भयानक हतियारहरूका आतंककाे चपेटामा विश्व छ । हतियार माफियाहरू हतियार बेचेर अकुत सम्पत्ति कमाइरहेका छन् । हतियार नभई देशकाे अस्तित्त्व नै नरहला कि ! हतियार किन्ने थुपार्ने बनाउने हाेडवाजी शिखरमा पुगेकाे छ । शस्रअस्रकाे अगाडि असल कुराहरू ओझेलमा पर्दै छ । काेविद १९ले घटाउन नसकेकाे विश्व जनसंख्या युध्दले घटाउने हाे कि ? मानव जाति नै डायनासाेरझैँ मासिने हाे कि ! कहाँ छन् शान्तिका लागि कार्यरत संस्थाहरू...

(लघुलेख) सम्झनामा मात्र

Image
  (लघुलेख) सम्झनामा मात्र   सरण राई   कतिपय बस्तु र कुराहरू विस्थापित भईसके । सानाे छदा पहिलाे पल्ट "यताउता लर्बराउदा मुतमा भिज्याे जाङ्गे, ए साली , ज्यु भेनाज्यु" गीत ग्रामाेफाेनमा सुन्दा आश्चर्य ,सन्ताेष र असिम आनन्दकाे अनुभव । ग्रामाेफाेनभित्र मसिना मान्छेहरू हुन्छन् र तिनीहरूले गाएका रे। घाेप्टि घाेप्टि हेरिन्थ्याे कतै देखि हालिन्छ कि ! रेडियाे आयाे, टेप रिकर्डर आयाे । सि. डि. प्लेयर , ठूला ठूला साउण्ड बक्स । चक्का,रिकर्ड, क्यासेट,सि.डि हरायाे । अहिलेकाे कम्प्युटर, ल्यापटपमा सि.डि प्लेयर नै छैन । इन्टरनेटले जेलिएकाे विश्व । रङ्गिन दुनिया । ब्लाक एण्ड वाइट जमानामा जन्मेका हामी, नबाेल्ने सिनेमा, बाेल्ने तर श्यामश्वेत सिनेमा, पछि रङ्गिन सिनेमा । सिनेमा हलमा नगई सिनेमा हेर्न पाइदैनथ्याे । सिनेमा साेल्टिसित भेट्ने ठाउँ । अहिले सिनेमा त हातकाे माेबाइलमा (जुन जतिबेला चाहे पनि) । इन्साइक्लाेपेडिया ब्रिटानिका किताबकाे रूपमा छापिनै छाडेकाे छ । नेटमा फ्रि विल्किपेडिया । जे खाेज्याे ,साेध्याे टुप्लुक्क हाजिर । मैले देखेका चलाएका र उपभाेग गरेका धेरै कुराहरू-- एक प...

(लघुआत्मालाप) उदेकलाग्दाे सत्य

Image
  (लघुआत्मालाप) उदेकलाग्दाे सत्य   सरण राई   १ पछि २,३,४,५.... आउछन् । १ ठूलाे कि यसपछि आउने अङ्कहरू ? आयु बन्द थैलीभित्र रहेकाे सिक्का रूपियाजस्तै रहेछ । बन्द थैली खाेलेर हेर्न सकिँदैन । कति छ थाहा हुँदैन । एउटा सिक्का (रूपिया)= १वर्षको मान्दा बढिमा १०० हुन सक्छ । थैलीभित्र थुप्रै छ भन्ने लाग्दा तन्नेरीकालमा लापरवाहीसाथ खर्च गरीन्छ। बन्द थैलीमा कसैकाे पूरा १ पनि हुँदैन । कसैकाे १०भन्दा कम कसैकाे २०/ ३०/४०भन्दा पनि कम भएर तन्नेरी युवा कालमा मृत्यु हुँदा आफन्तहरू धेरै चिन्तित हुन्छन् । जब ६०भन्दा बढि खर्च हुन्छ अनि बाँकि कति हाेला ? मनमा खेल्न थाल्छ । फाराे गरि चलाउन पाए... लाग्न थाल्छ । जे जति बाँचिन्छ त्याे नै जीवन हाे ।बाँचुन्जेलकाे जीवन हाे । "मरेपछि लम्पसार ।" "मरेकाे भाेलिपल्ट दुई दिन ।" यस्ता कति उखान र भनाइ छन् जसले यथार्थ सम्झिरहन मद्दत गर्छ । तापनि मानिसभित्रकाे लाेभपाप मर्ने बेलासम्म पनि जस्ताकाे तस्तै रहिरहने देख्दा ... के भन्नू र ! तृष्णा कहिल्यै तृप्त हुँदैन । तृष्णाभन्दा वैराग्यमा सन्ताेष रहेछ । बुझेर पनि अजम्बरीझैँ तृष्णाकाे पछि ल...

(लघुनिबन्ध) मनकाे खसखस

Image
  (लघुनिबन्ध) मनकाे खसखस   सरण राई   आजसम्म पछिपछि कालान्तरसम्मपनि मन- - पराउन पराइन,बाँध्न बुझाउन,खुसी प्रसन्न पार्न, बुझ्न चाेर्न आदि ,र ,मनकै तुलबुल खसखस मेट्न मेटाउन र मन बुझ्न चाेर्न हर्नआदि मन शान्त पार्नकै लागि अनेकाै प्रयत्न, क्रिया, उपक्रिया सक्रियता ,सङ्घर्ष, युध्द , आविष्कार अन्वेसन, लेखन, भ्रमण, काम नकाम आदि भए, र , भईरहने छन् । अब मनभित्रका चुराे कुरातिर लागाैँ । कसैकाे मनकाे कुरा कसरी थाहा हुन्छ ? मनभित्र कसरी पस्न सकिन्छ र ? तर प्रयत्न भने सबैकाे आफ्नाे र अरुकाे मन जित्ने नै हुन्छ । मलाई साह्रै मन परेकाे मान्छे छ, मन जित्ने कसरी ? अनेक सुत्र तरिका शास्रहरूले बताएका छन् , अनेक दाउ हाउभाउ सिकाएका छन् । अनेक सुन्दर कलात्मक बस्तुसामान बनाएका छन् । सभ्यता संस्कृति सबै मन जित्न तह लगाउन सिर्जित छन् । तर मन -- ठूलाे कि सानाे ? जति वशमा राख्न खाेजे पनि फुत्त उम्केर उडिहाल्छ कता कता ... के खाेज्छ ? कहाँ उड्छ ? किन भट्कि रहन्छ ? याे मन चरीजस्ताे भए त सुनकै पिजडामा थुनेर यसकाे फुरफुर हेर्दा कति आनन्द हुन्थ्याे हाेला ! मुला मन ! मनभित्र सिंहासन हुन्छ...

(लघुलेख) देश निकाला

Image
  (लघुलेख) देश निकाला सरण राई अाफ्नै देशमा जन्मेर पनि देशभित्र बस्न नपाएर गरिबगुर्वा, मजदुर , किसान देश निकालामा परिरहेका छन् । कानुनले उनीहरूलाई देशनिकाला गरेकाे हाेइन । राजनैतिक व्यवस्थाले देशमा गरिखाने वातावरण परिवेश बिगारेर बाँच्नै नसक्ने गरि अनेकाैं व्यवधानभित्र उकुसमुकुस पारेपछि सास जाेगाउन बाध्यताले विदेश पलायन हुनु अाम जनताकाे नियती बनाइएकाे छ । याे बनाउने अरू काेही हाेइन हामीले नै जिताएकाे दलाल भडुवा राष्ट्रघाती नेता भनाउदाहरूले हाे । विदेशीकाे दलाल तिनीहरू ! तिनीहरूलाई यस्ताे परिवेशले मनपरि शासन गर्ने माैका दिई रहेकाे छ । मनपरि गरेर , राष्ट्रघात गरेर, भ्रष्टाचार गरेर अर्थतन्त्र तहसनहस गरेर विदेशीका लागि सस्ताे मजदुर बनाउने तिनीहरू गरिबगुर्वाकै नाममा राजनिति गर्ने भ्रम छर्न सफल भइरहेसम्म सर्वसाधारण अाममान्छे देश निकालाकाे सिकार भइरहने छन् । ती दलालहरू ! कति निर्लज्ज रहेछन् । कालापानी, लिपुलेक , लिम्पियाधुराबारे माैन छन् । mcc सन्धी संसदमा अनुमाेदन गराउन अनेक प्रपञ्च रचिरहेका छन् । युध्द नै नलडि, युध्दमा नजितीकनै नेपाल उपनिवेश बनाउने र नेपालीलाई गुलाम बन...

(लघुलेख) आज देशकाे कुरा गराैँ

Image
  (लघुलेख) आज देशकाे कुरा गराैँ    सरण राई   देश नभए देशवासी हुने कुरै भएन । उहिलेजस्ताे युध्दमा पराजित गरेर अर्काकाे देश सक्ने अवस्था आज छैन । तापनि देशहरू सिमानामा युध्दरत छन् । देशकाे कुरा आउनासाथ देश कसरी बलियाे, शान्त र उन्नत बनाउन सकिन्छ भन्ने कुरा उठ्छ । देश शक्तिसाली भएनभने छिमेकी र अरूहरूकाे हेपाइ र पेलाइ खप्नु पर्ने यथार्थ छर्लङ्ग छ । देश कसरी उन्नत र शक्तिसाली हुन्छ ? देश बनाउन र बचाउन अनेकाैं आधारहरू हुन्छन् । प्राकृतिक स्राेतसाधन, जनशक्ति, लाेकप्रिय सरकार र राष्ट्रिय एकताका साथै देशवासीहरूकाे सहि साेच प्रमुख हुन्छ नै । प्राकृतिक साधनस्राेत के कति छ ? अन्वेशन नभएकाे भए पनि सुन, फलाम,काेइला, तामादेखि बहुमूल्य ढुङ्गा (टरमालिन् र अन्य), लगायत जलस्राेत (विश्वकै दाेस्राे ठूलाे देश), सुनभन्दा २००गुणा महङ्गाे युरेनियम आदि अनेकाै छन् । तर ती स्राेत देशका लागि परिचालन हुन सकेकाे छैन । प्रत्येक पल्ट यी साधनस्राेतलाई धिताे राखेर राष्ट्रघाती नेताहरू सरकारमा गएका छन् र याे राष्ट्रघाती प्रचलन राजनीतिकाे जग बन्नाले नेपालमा राष्ट्रियता क्षयउन्मुख भई रहेझैँ देखि...