(लघुलेख) साेच
(लघुलेख) साेच सरण राई आज विश्व साघुरिएकाे मात्र हाेइन , मानिसकाे मन आचरण आचार व्यवहार पनि साघुरिएकाे अवस्था रहेछ । काेराेना काेविद १९ले विश्वभरिका मानव जातिलाइ गाँजि -चिथाेरी रहेकाे अवस्था छ । सबै मानव जाति एक भएर लड्नु पर्नेमा त्याे भइरहेकाे छैन । जे हाेला सम्पूर्ण मानवकाे गति त्यही हाम्राे पनि । त्याे त हाे ।तर नेपाल रहेसम्म नेपाली रहने हाे । नेपालकाे अस्तित्वमाथि नै संकटकाे प्रश्न वर्तमानअवस्थामा गम्भीर रूपमा उठेकाे छ । छिमेकीले हाम्राे भूमि हडप्न थालिसकेकाे छ । लिपुलेक लिम्पियाधुरा कालापानी क्षेत्र मिचेर-ओगटेर बाटाे बनाइ सकेकाे छ । भारतपरस्त राष्ट्रघाती सरकार वक्तव्य निकाल्न बाहेक केही गर्न सक्तैन । इतिहासकै सबैभन्दा कमजाेर सरकार । बारम्बार जनतालाइ धाेका दिइरहेकाेले जनताकाे विश्वास गुमाएकाे सरकार । विदेशीकाे बफादार तर तर जनताप्रति गद्दार । कुनै देशकाे सरकारकाे शक्तिकाे स्राेत त्यस देशकाे जनता हाे । जनता थिचेर मिचेर देश बेच्न तयार तर देश जाेगाउन नसक्ने लाचार सरकार । कमजाेर सरकारले देश जाेगाउला भन्ने आशै रहेन । बिकेकाे मान्छेहरूबाट के आश गर्ने ? देश जाेगाउन सारा नेपालीहर...