(लघुनिबन्ध) मसित के छ ?
(लघुनिबन्ध) मसित के छ ? सरण राई मसित के छ ? हल्का केटाकेटी प्रश्न । हाेइन अति गहन प्रश्न । जे जसाे साेचे पनि याे एउटा हरेक जीवित मानिसहरूले आफैसित साेध्ने र खाेज्ने प्रश्न चाहीँ हाे । साँच्चै मसित के छ ? धनसम्पत्ति , जग्गाजमिन इष्टमित्र, साथीभाइ र सबैभन्दा महत्त्वपूर्ण मायाप्रेमले भरिभराउ परिवार छ । मानसम्मान इज्जत धाकरवाफ शेखी इमानजमान हैकम मायामाेह प्रेम स्नेह भावना दया त्यागबलिदान आदि आदि अनेक अनेक दृश्य अदृश्य के के छन्, के के छन् । सबैभन्दा बढि एउटा जाबाे चाेला छ, शरीर छ, तन छ । युवाकालमा भन्थ्याै छालाकाे जिन्दगी । आफूले चाहेकाे नहुँदा कुहेकाे खाेर्सानीजस्ताे जिन्दगी । छालाकाे जिन्दगीकाे अर्थ बुढेसकालमा आएर थाहा हुँदै छ । छाला सुक्दै चाउरीन थाले पछि बल वैंश तागतले छाड्न थाले पछि हाे रहेछ नि छालाकाे जिन्दगी । पिराे नहुने कुहेकाे खाेर्सानी र सारहीन दुःखि जीन्दगी एउटै । आफ्नाे जीवनसित काे सन्तुष्ट हाेला र ? मसित के छ ? जति साेधे पनि नयाँ नयाँ उत्तर आउने सम्भावना प्रचुर छ । सन्ताेषजनक जवाफ के हुन सक्ला ? कसले उत्तर पाएकाे हाेला ? अनन्त अनन्तसम्म साेधिने प...