Posts

Showing posts from April, 2024

(लघुनिबन्ध) मसित के छ ?

Image
  (लघुनिबन्ध) मसित के छ ?   सरण राई    मसित के छ ? हल्का केटाकेटी प्रश्न । हाेइन अति गहन प्रश्न । जे जसाे साेचे पनि याे एउटा हरेक जीवित मानिसहरूले आफैसित साेध्ने र खाेज्ने प्रश्न चाहीँ हाे । साँच्चै मसित के छ ? धनसम्पत्ति , जग्गाजमिन इष्टमित्र, साथीभाइ र सबैभन्दा महत्त्वपूर्ण मायाप्रेमले भरिभराउ परिवार छ । मानसम्मान इज्जत धाकरवाफ शेखी इमानजमान हैकम मायामाेह प्रेम स्नेह भावना दया त्यागबलिदान आदि आदि अनेक अनेक दृश्य अदृश्य के के छन्, के के छन् । सबैभन्दा बढि एउटा जाबाे चाेला छ, शरीर छ, तन छ । युवाकालमा भन्थ्याै छालाकाे जिन्दगी । आफूले चाहेकाे नहुँदा कुहेकाे खाेर्सानीजस्ताे जिन्दगी । छालाकाे जिन्दगीकाे अर्थ बुढेसकालमा आएर थाहा हुँदै छ । छाला सुक्दै चाउरीन थाले पछि बल वैंश तागतले छाड्न थाले पछि हाे रहेछ नि छालाकाे जिन्दगी । पिराे नहुने कुहेकाे खाेर्सानी र सारहीन दुःखि जीन्दगी एउटै । आफ्नाे जीवनसित काे सन्तुष्ट हाेला र ? मसित के छ ? जति साेधे पनि नयाँ नयाँ उत्तर आउने सम्भावना प्रचुर छ । सन्ताेषजनक जवाफ के हुन सक्ला ? कसले उत्तर पाएकाे हाेला ? अनन्त अनन्तसम्म साेधिने प...

(लघुलेख) आज देशकाे कुरा गरा‌ैँ

Image
  (लघुलेख) आज देशकाे कुरा गरा‌ैँ   सरण राई   देशकाे कुरा सर्वसाधारण आम मान्छेले गर्न हुन्छ कि हुँदैन ? देशका लागि चिन्तन गर्न हुन्छ कि हुँदैन ? याे साेध्ने र साेच्ने नै हाेईन । तर... आम मान्छेहरू आज सबैभन्दा बढि बिचरा भएका छन् । अनेकन् उपभाेग्य वस्तुहरूकाे विकास, आर्थिक उन्नति, उपभाेक्तावादि संस्कृतिले विचरा सर्वसाधारण मान्छेहरू "सिसिफस" भएका छन् । कमाउने मेलाे राेजगार कम छ, चर्काे मूल्य, जीवन स्तर र डेमाेन्स्ट्रेसन एफेक्ट ! खाध्धान्न, लट्टाकपडा, उपचार खर्च,भाडा, यातायात, माेबाइल चार्ज, टेलिफाेन, इन्टरनेट, बिजुलि, मालपाेत, शुल्क , फेसन आदि अनेकन खर्च धान्न नसकेर आम मान्छे देशबारे साेच्ने,केही गर्ने अवस्थामा छैनन् । पहिलाे त गरेर खाने वातावरण छैन । केही गर्न सकिँदैन भन्ने मानसिकता चरमचुलिमा !सरकार आम मान्छेकाे हक,हित र उन्नयनकाे पक्षमा देखिदैन । समग्रमा कुनै दिर्घकालिन राष्ट्रिय सहमति छैन । आजसम्मकाे इतिहास केलाउदा जनता (जनार्दन भनी टाेपले पनि), सर्वसाधारण, आम मान्छे वा देशवासीहरूले देश आफ्नाे हाे र देशका मालिक जनता (सार्वभाैमिकता जनतामा रहेकाे संबिधानमा लेखिए पनि) हाै...

(लघुआत्मालाप) तलतल

Image
  (लघुआत्मालाप) तलतल   सरण राई   नमेटिने तलतल... अरु के हुन्थ्याे नि ? बाँचेर भाेग्ने थप चाख्ने जिन्दगीकाे रस स्वाद बेस्वाद नि... मानिस सुखमा हुँदा सप्तरङ्गी दुनियामा भुलिदाे रहेछ र समय उमेर बितेकाे पत्तै नहुँदाे रहेछ । जब मानिस असह्य पीडाले घायल हुन्छ अरू दुई रङ थपिएर जीवन नाैरङ्गी बन्दाे रहेछ ... सप्तरङ्गी जीवनमा प्रसन्नता आनन्द सुखानुभूति र नाैरङ्गी जीवनमा त्यस्तै खुसीकाे लालसा... जीवन त आखिर मृत्युमै टुङ्गिने हाे नि (सबैलाई थाहा छ ।) ता पनि अझ केही धेरै बाँचेर नयाँ नाैलाे आफुले भाेग्न चाख्न बाँकि स्वाद बेस्वाद भाेग्ने तलतल नसा प्यास कति बाँचे तृप्त हाेला ? नसाेचाैँ भन्दा पनि मनकाे अनेकन भित्रि तहहरूमा मेराे (मेरा समकालिनहरूका मनमा पनि) यस्ताे साेच आउँछ नै । सरसरी केलाउदा वितेकाे कालखण्डमा के चाहिँ भाेगियाे ? मायामा प्रचुर भिजेर डुबेर बैँस बित्याे । सन्तान परिवारकाे मायाले "सिसिफस" भइयाे । घृणा त झन् कति पाेखियाे पाेखियाे अनेक कुरूप रूपहरूमा ...भनी गनि साध्य हुँदैन ।सबैले जस्त‌ै स्वाभाविक जीवन भाेगियाे । आफ्नाे अंशभागमा परेकाे जिन्दगी मज्जालि नै भाेगे पनि भाेगाइ अधु...

(लेख) म पनि जेष्ठ नागरिक भएछु

Image
(लेख)  म पनि जेष्ठ नागरिक भएछु सरण राई म यहाँ यसरी हराएँ जसरी जङ्गलमा एउटा पात जसरी मरुभूमिमा एउटा कण जसरी अन्तराल समयमा एउटा क्षण (६०को उमेर पुग्न लाग्दा वा पुगिसकेपछि यस्तो लाग्छ नै !) मलाई जगतबहादुर के.सी. सरले जेष्ठ नागरिकका बारेमा लेख्न भन्नुभएपछि आफैले लेखेको उपरोक्त कविताअंश सम्झना हुन्छ । हो पनि, समयको लामो अन्तराल बितेर गएको मलाई पत्तै भएन, म पनि जेष्ठ नागरिक भईसकेको रहेछु । मलाई पनि लाग्न थालेको छ म एउटा पात जङ्गलमा, एउटा कण मरुभूमिमा र एउटा क्षण अन्तराल समयमा हराएझैँ हराएको जेष्ठ नागरिक भएछु । जेष्ठ नागरिक ! अरुभन्दा के कति फरक हुन्छ ? म केलाउन थाल्छु ... मान्छेको जीवनमा उमेर अथवा समय बलवान हुन्छ । उमेर अनुसारको जीवन पद्धत्ति, प्रक्रिया, व्यवहार, सोच र आचरण हुने गर्छ । बाल्यकाल, युवाकाल र प्रौढावस्थामा जीवन पद्धत्ति प्रक्रिया, व्यवहार, सोच र आचरण  फरक फरक हुने नै भयो । ‘पत्तै नपाई उमेर, समय वा जीवन बित्यो’ बुढेसकालमा पुगेपछि सोच्न पुगिदो रहेछ । बाल्यकालमा उमेर र समय थाहै नपाई बित्छ । केटाकेटी अवस्थामा पनि खेल, पढाइ, सानासाना काम र नौलो सिकाइका क्रममा थाहै नपाई समय र...

(स्मृतिलेख) स्वरसम्राट नारायणगोपालप्रति शब्दश्रद्धासुमन

  (स्मृतिलेख) स्वरसम्राट नारायणगोपालप्रति शब्दश्रद्धासुमन   सरण राई   नारायणगोपालसँग २०४२सालमा महेन्द्र क्याम्पस, धरानमा उपपकुलपति महेश उपाध्यायसँग आउँदा एक पटक मात्र देखादेख भएको थियो । त्यति बेला राजा रानी बर्षैपिच्छे जाडो महिनामा पाँचवटा विकास केन्दहरू्रको सदरमुकाममा टुर मुकाम बनाएर एक एक महिना बस्ने गर्थे । धनकुटामा राजारानीलाई भेटेर फर्किदा उनीहरू धरानको क्याम्पसमा पनि निस्केका थिए । सबैको ध्यान उपकुलपतितिर केन्द्रित थियो । एक छेउमा बसेका नारायणगोपाललाई मैले पनि झलक्क हेरेको थिएँ । टिलिक्क टल्केको पावरवाला चस्माभित्र चम्केको आँखाहरू ! अहिलेजस्तो जहितही टेलिभिजन थिएन । नारायण गोपालको गीत सुनेको तर मान्छे नदेखेको । चिनेको थिएन । उनीहरू गईसकेपछि पो एकजना साथीलाई सोध्दा ती एक्लै नबोली बसेका नारायण गोपाल हुन् भनेपछि पो पहिला थाहा पाएको भए राम्ररी नियालिनियाली हेर्ने थिएँ भन्ने लागेको थियो । पछि टेलिभिजन सबैतिर व्यप्त हुनथालेपछि भने नारायणगोपाललाई टिभिमा चित्त बुझुन्जेल हेरियो । नारायणगोपालको “स्वर्गको रानी मायाको खानी’’ गीत आठ कक्षामा पढ्दा (२०१८साल) गणेश रसिकको मुख...

(लघुसंस्मरण) ७३ देखि ७४

Image
  (लघुसंस्मरण) ७३ देखि ७४   सरण राई   आम मान्छे सर्वसाधारण भएर बाँचेँ अथवा सर्वसाधारण नै भएर बाँच्नु मेराे बाध्यता थियाे, र, छ । अरुले नरुचाएकाे, हुनेखाने साेर्सवालाले छाेडेकाे जागिर मैले खाएकाे सम्झना आउँछ । पढाइ पनि गाउँकै स्कुलबाट थालियाे । एस. एल. सी . पनि पास गरियाे । आई एस्सी. पढ्ने सल्लाह गरेकाे साथी शुक्रराजलाई पर्खदा पर्खदा नाम लेख्ने समय नै सकियाे । पछि पाे थाहा भाे-- रतन्छाबाट बिराटनगर पढ्न आउने भनेर अघिल्लाे दिन दिनभर खाेलामा माछा मारेछन् तर बेलुकि राति नै बितेछन् । म भने पर्खेकाे पर्खेकै । हाम्राे डाक्टर बन्ने सपना खत्तम ! एक वर्ष डुकुलन्ठक भएर धरानमा कहिले लाेक नृत्य संघमा , कहिले बेराेजगार कवि बेणु आचार्य, गाेविन्द विकल, बालमुकुन्द श्रेष्ठ आदिसँग हल्लिरहेकाे मलाई बुबाले बाेराबाँध लगेर आफ्नै चिया दाेकानमा चिया फिट्ने, गिलास धुने काम दिनुभाे । त्यति बेला स्थानीय जातकाे माछा खाेलाभरि यहाँसम्म कि पैनी, कुलाे र खेतमा पनि फालाफाल ! बर्खामा खेतकै आलिमा थापेकाे ढाेडियामै परेकाे माछा जत्ति खा । म पहाडमा सानाे हुँदा सिध्रा देख्दा माछालाई ठूलाे ढुङ्गाले थिचेर च...