Posts

Showing posts from May, 2024

(लघुलेख) अवास्तविक क्षणिक मनाेरञ्जन

Image
(लघुलेख) अवास्तविक क्षणिक मनाेरञ्जन   सरण राई   छाडा सस्ताे मनाेरञ्जनतर्फ विश्वभरिकै याे युगमा अनेकाैं दु:खि दु:ख भाेगि पाईरहेका आम सर्वसाधारण भुइँ मान्छेहरू आकृष्ट भएका छन् । अवास्तविक भए पनि क्षणिक सुख सामाजिक सञ्जालका आकर्षण ... उल्टाे युध्दमा आधारित उल्टाे विकासले मानव जातिलाई दुरूह कष्ट दिईरहेकाेले उन्मुक्तिका लागि छट्पटिएकाहरूमा भ्रमात्मक अवस्थितिमा अल्मलाई राख्न सफल सामाजिक सञ्जाल । सिध्दान्त, सहि साेच र विचार मन्थन खाेलै खाेला । साेचले खालि दिमाग । साेच नभएका अन्धा जनता । साेच पलाउनै नसक्ने वातावरण । हा हु हाहुमा चल्ने ऐजेरु राजनीति । युध्द पिपासुहरूलाई हाईसञ्चाे । सहि सुल्टाे बाटाे कसले खाेज्ने साेच्ने ? मानव विकास र विश्व शान्ति धरापमा पारेर युध्द उन्मादिहरूले शासन गरिरहेकाे वर्तमान जगत । सामान्य मान्छेहरू -- अकिञ्चन जाबाे । सानाे थाेर मनाेेरञ्जनका लागि सञ्जालमा झ्याम्मिनु र खालि दिमाग उनीहरूका । सत्तासिनहरूलाई हाईसञ्चाे । तापनि, अब सर्वसुलभ सामाजिक सञ्जाललाई पनि सर्वसाधारणहरूले मनाेरञ्जनका लागि मात्र नभई आफै आफ्नाे मालिक बन्नका लागि उपयाेग-प्रयाेग गर्...

(लघुआत्मालाप) जीवनकाे दियाे

Image
  (लघुआत्मालाप जीवनकाे दियाे   सरण राई   आनन्द र आश्चर्य ! कहिल्यै नपाएकाे आनन्द पाउँदा जीवन सप्तरङ्गी लाग्दाेरहेछ । बलवैंश हुँदा आनन्द थपिँदै जाँदाे रहेछ । साथीभाइबहिनी थपिन्छन् । जीवन साथी, सन्तान, इष्टमित्र,धनसम्पत्ति, वैभव आदि सकारात्मक कुराहरू थपिँदै जाँदा -- आनन्दै आनन्द । सार्थकता अनुभूत; सुख सधैं रहिरहन्छ भन्ने लाग्न थाल्दाे रहेछ । अकस्मात अनाैठाे माेड ! बलवैंशले छाेड्न थालेपछि अघि जुटेका सब छुट्न थाल्दा रहेछन्-- साथीभाईबहिनी, इष्टमित्र,धनसम्पत्ति आदि । जीवन साथीले पनि छाेडेपछि जीवन नाैरङ्गी बन्दाे रहेछ ! आश्चर्य ! आश्चर्य लाग्न थाल्छ-- मसित पनि सबथाेक थियाे ?! अहिले मसित केही छैन । अकस्मात सम्झन पुगिन्छ -- "संसारकै सबैभन्दा अमूल्य चाेला" मसित छ । खडेरीमा झरझर वर्षा भएझैँ हुन्छ । एक्लै ; एक्लै भएपनि फेरि जीवनकाे बिट (फिनिसिङ टच) दिने जाँगर पलाउँदाे रहेछ । याे नै नाैरङमध्येकाे अनाैठाे जिजीविषाकाे नवाै रङ रहेछ । अँध्याराेमा पनि बाटाे देखाउने जीवनकाे दियाे रहेछ ! याे दियाे अवसान नजिक पुग्न लागेकाहरूका अन्तिम सहारा रह्रेछ र रहेछ ... ?! २०८१/१/१९,धरान   ...