(लघुलेख)
मान्छेकाे सभ्यता ?
सरण राई
सभ्यता? सभ्यता मान्छेकाे ।
आज
मानिस आफूलाई सभ्य ठान्छ । याे सभ्यता सर्भाइबलकाे सभ्यता हाे । शारिरीक
रूपमा निर्धाे उसले अरू जानवरहरूसित लड्दा उसले आविष्कार गरेकाे हतियार
उल्लेख्य भएकाे छ र आज मानिस मात्रकाे एकछत्र राज्य विश्वमा कायम भएकाे छ
।
मानिसकाे आदिम
प्रवृत्ति युध्द पनि रहेछ । ठूला,साना र विश्वयुध्दका डरलाग्दा घट्नाहरूले
ईतिहास लेखिएकाे छ ।हार्नेहरू मासिएका छन्, जित्नेहरूकाे मर्यादा सभ्यता
भएकाे छ । अहिले पनि रूस युक्रेन युध्दले तेस्राे विश्वयुध्द ल्याउने
सम्भावना देखिदै छ ।
अहिले
आणविक हतियार, क्षेप्यास्र र अन्य भयानक हतियारहरूका आतंककाे चपेटामा
विश्व छ । हतियार माफियाहरू हतियार बेचेर अकुत सम्पत्ति कमाइरहेका छन् ।
हतियार नभई देशकाे अस्तित्त्व नै नरहला कि ! हतियार किन्ने थुपार्ने बनाउने हाेडवाजी शिखरमा पुगेकाे छ ।
शस्रअस्रकाे
अगाडि असल कुराहरू ओझेलमा पर्दै छ । काेविद १९ले घटाउन नसकेकाे विश्व
जनसंख्या युध्दले घटाउने हाे कि ? मानव जाति नै डायनासाेरझैँ मासिने हाे
कि ! कहाँ छन् शान्तिका लागि कार्यरत संस्थाहरू , चिन्तकहरू र शान्तिका
दर्शनहरू !
सभ्यताकाे
आरम्भदेखि नै युध्द र शान्ति, खराब र असल सँगसँगै निरन्तर सतत बगिरहेकै
छन् ।धेरैजसाे असलकाे जितले सभ्यता थामेकाे छ । अझै आशा गराैँ सत्य, न्याय,
शान्ति र असलकै जित हुने छ । असलका जितका लागि खेल्न सकिने भुमिका के
हाेला ? छलफल गरेर निष्कर्ष निकाल्दै मानव सभ्यता जाेगाउने दायित्त्व
अहिले मानव जातिकाे दायित्त्व भएकाे छ । याे दायित्त्व पूरा गरेमा मानिस
मानिस भई बाँच्न सक्ने छ ।
२०७९जेठ २४

Comments
Post a Comment