(लघुलेख) के राजनीति बुझ्नुभएकाे छ ?
(लघुलेख)
के राजनीति बुझ्नुभएकाे छ ?
सरण राई
राजनीति सर्वाेपरि छ । राजनीतिले सबै मानिसहरूका जन्मदेखि मृत्युसम्म प्रभाव पारिरहेकाे हुन्छ ।
सबै कुराहरूझैँ राजनीति पनि असल र खराब हुन्छ । असल राजनीतिले जीवन सुन्दर रमणीय र सहज बनाउँछ भने खराब राजनीतिले जीवन र जगत नर्क बनाउँछ ।
राजनीति बुझ्नु भएकाे छ / छैन त्यसले व्यक्तिको साेच जीवन व्यवस्थापन अवस्थिति र अवस्थाका साथै प्रगति पनि प्रभावित हुन्छ न । तसर्थ राजनीति बुझ्न जरूरी हुन्छ ।
अपशाेस ! राजनीति देखेकाे जस्ताे र साेचेकाे जस्ताे हुँदैन । हात्तीको देखाउने र चपाउने बेग्लाबेग्लै दाँतहरू भएजस्तै राजनीति हुन्छ ।
२०८०/१२/९

Comments
Post a Comment