(लघुलेख) राजनीति बुझ्नै पर्ने ज्ञान
(लघुलेख)
राजनीति बुझ्नै पर्ने ज्ञान
सरण राई
सबै कुराहरूझैँ राजनीति पनि असल र खराब हुन्छ । असल राजनीतिले जीवन सुन्दर रमणीय र सहज बनाउँछ भने खराब राजनीतिले जीवन र जगत नर्क बनाउँछ ।
राजनीति बुझ्नु भएकाे छ / छैन त्यसले व्यक्तिको साेच जीवन व्यवस्थापन अवस्थिति र अवस्थाका साथै प्रगति पनि प्रभावित हुन्छ न । तसर्थ राजनीति बुझ्न जरूरी हुन्छ ।
अपशाेस ! राजनीति देखेकाे जस्ताे र साेचेकाे जस्ताे हुँदैन । हात्तीको देखाउने र चपाउने बेग्लाबेग्लै दाँहरू भएजस्तै राजनीति हुन्छ ।
राजनीति सबैले बुझ्नुपर्ने कुरा वा ज्ञान हाे । राजनीति नबुझेसम्म जीवन जगत बुझ्न सकिदैन । साथै तपाईं आफूलाई असल मानिस सम्झनु हुन्छ भने प्लेटाेले भन्नुभएझैँ "राजनीतिमा सरिक हुनु हुनुपर्छ । असल मानिसहरूले राजनीतिमा नलागि खालि ठाउँ छाडे त्याे ठाउँ खराबहरूले ओगट्ने छन् र खराब र घटियाहरूबाट असल मानिसहरू शासित हुनुपर्छ । तसर्थ राजनीतिमा असल मानिसहरू सरिक हुनुपर्छ ।"
क्रमश:
२०८०/१२/९

Comments
Post a Comment