Posts

(लघुलेख ) आख्यान

  (लघुलेख ) आख्यान सरण राई हिजोका आख्यानहरु आज धार्मिक शास्र बनेका छन् | इश्वर , राक्षस , स्वर्ग , नरक , पाप, पुण्यले आज पनि आधुनिक भनाउँदा मान्छेहरुको दिमाग भरिएको छ | हिजोका आख्यानहरु आज धार्मिक शास्र बनेजस्तै आजका आख्यानहरु भोलि 'मनुवा जीवन संचालन गर्ने नीतिशास्र' बन्न सक्छन् | अचम्भ लाग्दो कुरा ठुलाठुला अस्पतालहरुमा भगवानका फोटाहरु टाङिएका छन् | आधुनिक बैज्ञानिक मानव शरीरको अध्ययन गरेर उपचार गर्नेहरु झन् धेरै हिजोका आख्यानबाट प्रभावित देखिन्छन् वा इश्वर देखाएर आफ्नो त्रुटिपूर्ण उपचार, उपचारमा गरिने गल्ती छोप्ने प्रयत्न गरिरहेका छन् | झन् धेरै पढेकाहरू आख्यान र यथार्थ छुट्टाउँन नचाहने, भ्रमहरुको अझ धेरै अन्ध समर्थक-संरक्षक देखिन्छन् | संकुचित स्वार्थप्रेरित उनीहरु ... जेहोस् हिजोका आख्यानकारहरु आजका जीवन पध्दति नियन्त्रण गर्न पूर्ण सफल भएजस्तै आजका आख्यानकारहरुले पनि भोलिको मनुवा जीवन प्रभावित पार्न पूर्ण सफल हुने किसिमले लेख्नु पर्दछ ! २०७३ माघ ११,धरान

(लघुसंस्मरण) जन्म गाउँ-- छिनामखु

Image
(लघुसंस्मरण) जन्म गाउँ-- छिनामखु   सरण राई   १. स्कुले केटाकेटी जीवन २००४,चैतमा छिनामखुमा जन्मेकाे मैले आफ्नाे जन्म गाउँ भुल्ने कुरै भएन । आमाबुबाजस्तै हाे जन्मस्थल । ७५वर्ष अगाडिकाे त्याे समय आजभाेलिकाे जस्ताे थिएन नै । यातायात, सञ्चार, शिक्षा, बिजुली र स्वास्थ आदि सुबिधाकाे अभाव भएका सबै पहाडी क्षेत्र दुर्गम र विश्वबाट एक्लिएकाे थियाे । रेडियाे पनि नभएकाे त्याे बेला माेबाइल, टेलिभिजन , टेलिफाेन र इन्टरनेटकाे नाम पनि सुनिएकाे थिएन । गाउँ सुनसान भए पनि प्रकृतिकाे काखमा रहेकाेले स्वास्थप्रद थियाे । केही धनिमानी मानिसहरू बाहेक सबैकाे खुट्टामा जुत्ता हुँदैनथ्याे । खाली खुट्टा हुन्थे , हरिनाथले कुर्कुच्चा चिरिएकाे हुन्थ्याे । जुत्ता लगाउनेहरूले पनि स्थानीय सार्कीले बनाएका करूवा काँटी ठाेकिएकाे कडा जुत्ता लगाउथे । त्यस्ताे जुत्तालाई नरम बजाउन बाेसाे दलिरहन पर्थ्याे । केटाकेटीहरूले त झन् जुत्ता जुत्ता लगाउने कुरै थिएन । २००७सालपछि खुलेकाे गाउँकाे स्कुलमा पढ्ने हामी सबै खाली खुट्टा । त्यतिबेला मुलुकका ९५% मानिसहरू खाली खुट्टामा हुन्थे । त्यस‌ले उखान बनेकाे थियाे -- "जुत्ता ल...

(लघुलेख) नेपाली किन गरिब छन् ?

Image
  (लघुलेख) नेपाली किन गरिब छन् ? सरण राई   प्राकृतिक, वातावरणीय र जाँगरिलाे जनशक्ति हुँदाहुँदै पनि भूपरिवेस्टित देश नेपालका नेपालीहरू गरिब छन् ।सासकहरू भने धनि भएका र भईरहेका छन् । नेपालीहरू गरिब भईरहनु र निकट भविष्यमा पनि गरिब नै रहिरहने कारण के हाेला ? राणा शासन र पञ्चायती व्यवस्था कालका राज्य नीति जनउत्थानकाे पक्षमा थिएन । सर्वसाधारणकाे हित अनुकूल थिएन । २०४६ पछि पनि राज्य नीति जनउत्थानकारी हुन सकेकाे छैन । शासक रहेका दलहरू जहिल्यै पनि गुलाम प्रवृत्तिमा लिप्त रहे । विदेशीका हितअनुकल निर्देशित नीतिकै भरिया नै भई रहे । देश र जनताकाे पक्षमा कहिल्यै साेचेनन् । देशका लागि स्वावलम्बी नीति बनाई कार्यान्वयन गर्ने बारे ध्यान दिएनन् । राजनीति फाेहाेरी भयाे । देश र जनताकाे भलाईमा राजनीति प्रयाेग भएन । सर्वशक्तिमान राजनीतिकाे सदुपयाेग भएन । अब राजनीतिलाई फाेहाेर पारेर दुरुपयाेग गर्नेहरूका साथ सबैले कठाेर हुनुपर्ने बेला भएकाे छ । असल राजनीति र सहि राज्य नीतिले नै सबै नेपालीलाई धनि बनाई सुखी बनाउने छ । उन्मुक्तिकाे स्वास फेर्न नपाएका नेपालीहरू सुखी हुने छन् ।   २०८१/...

(लघुलेख) साेच

Image
(लघुलेख) साेच   सरण राई   आज विश्व साघुरिएकाे मात्र हाेइन , मानिसकाे मन आचरण आचार व्यवहार पनि साघुरिएकाे अवस्था रहेछ । काेराेना काेविद १९ले विश्वभरिका मानव जातिलाइ गाँजि -चिथाेरी रहेकाे अवस्था छ । सबै मानव जाति एक भएर लड्नु पर्नेमा त्याे भइरहेकाे छैन । जे हाेला सम्पूर्ण मानवकाे गति त्यही हाम्राे पनि । त्याे त हाे ।तर नेपाल रहेसम्म नेपाली रहने हाे । नेपालकाे अस्तित्वमाथि नै संकटकाे प्रश्न वर्तमानअवस्थामा गम्भीर रूपमा उठेकाे छ । छिमेकीले हाम्राे भूमि हडप्न थालिसकेकाे छ । लिपुलेक लिम्पियाधुरा कालापानी क्षेत्र मिचेर-ओगटेर बाटाे बनाइ सकेकाे छ । भारतपरस्त राष्ट्रघाती सरकार वक्तव्य निकाल्न बाहेक केही गर्न सक्तैन । इतिहासकै सबैभन्दा कमजाेर सरकार । बारम्बार जनतालाइ धाेका दिइरहेकाेले जनताकाे विश्वास गुमाएकाे सरकार । विदेशीकाे बफादार तर तर जनताप्रति गद्दार । कुनै देशकाे सरकारकाे शक्तिकाे स्राेत त्यस देशकाे जनता हाे । जनता थिचेर मिचेर देश बेच्न तयार तर देश जाेगाउन नसक्ने लाचार सरकार । कमजाेर सरकारले देश जाेगाउला भन्ने आशै रहेन । बिकेकाे मान्छेहरूबाट के आश गर्ने ? देश जाेगाउन सारा नेपालीहर...

(माेबाइल लघुलेख ) प्रश्नहरूकाे पहाड

Image
  (माेबाइल लघुलेख ) (माेबाइल लघुलेख = माेबाइलमा नै लेखिने र केही मिनटमा माेबाइलमा नै पढ्न सकिने र पढिने लघुलेख )   (माेबाइल लघुलेख ) प्रश्नहरूकाे पहाड   सरण राई   मेराे देशकाे सुन्दर पहाड र मधेस भ्रष्टाचारकाे पहिराे र बाढिले कुरूप भइरहेकाे देखेर कसकाे मन हाँस्न सकेकाे हाेला र ? हरियाली अनैतिकताकाे डडेलाेले खाएकाे छ । पतझड चारैतिर । उज्यालाे स्वार्थी कपटले छाेपेर अँध्याराे हुन थालेकाे छ । अँध्याराेमा सुन्दर सत्य कहाँ देखिन्छ र ! अँध्याराेमा सु्न्दर जीवन यापन कसरी सम्भव हुन्छ र !! इमान र परिश्रम भ्रष्ट अाचार व्यवहार साेचले निभाउन थालेकाे छ । परिश्रम र इमान मरेपछि निर्माण कसरी पलाउला र ! उज्ज्वल अाशा चारतिरकाे अकर्मन्यताले छाेप्दै छ । लाेभ लालच नीजि स्वार्थले केही बन्न सक्ला र ...! सबैभन्दा दुखद कुरा मानिसहरूकाे बैज्ञानिक सकारात्मक साेचमा अाइरहेकाे बाढिपहिराे खडेरी झैँ भयावह बन्दै छ । अब कसरी सुन्दर विचार साेच मानसिकता उमार्ने हाेला ? सब सखाप पार्ने भयावह वातावरणकाे जन्मदाता काे हाेला ? बिगार्नेलाइ बहिस्कार गरेर सपार्ने छान्न चुक्याे भने भावी पिढीँकाे के गति हाेला ? दे...

(लघुआत्मालाप) सर्वसाधारण मान्छे हाे कि हाेइन ?

Image
  (लघुआत्मालाप) सर्वसाधारण मान्छे हाे कि हाेइन ?       सर्वसाधारणको सामान्य जीवन ... कसरी र केका लागि बाँचिरहेका हुन्छन् ? महत्त्वपूर्ण छ ? त्याे पनि बचाइ हाे ? संसार सर्वसाधारणले भरिईएकाे छ । संसार एकप्रकारले साेच्ने हेर्ने हाे भने उनीहरूले नै थामेका छन् । सर्वसाधारण आम भुइँ मान्छेलाई सुबिधाभाेगि सत्तामा पहुच भएकाहरू मान्छे मान्दैनन्, मान्छे गन्दैनन् । हेप्छन् , किन्न र प्रयाेग गर्न सकिने जिनिस सम्झन्छन् । अधिकांश सर्वसाधारणहरूमा साेचकाे अभाव भएकैले सदैव दास नाेकर भईरहेका छन् । साेच सकारात्मक हुनुपर्छ । "म अरुकै नाेकर चाकर हली गाेठालाे दास भएर मात्र बाँच्न सक्छु, मालिक हुन सक्तिनँ" जस्ता गलत साेचले सामान्यमान्छेसदैव दास भईरहेकाछन् । आफ्नाे मालिक आफै हाे भन्ने साेच नपलाएसम्म काेही आफ्नाे मालिक आफै बन्न सक्तैन । अझ सासनपध्दत्ति पनि हुने खाने उपल्लाेकै पक्षमै रहेकाे छ । उनीहरूले चलाएकाे शासण सर्वसाधारणकाे हितमा हुने कुरै भएन । यस्तो अवस्थामा पनि आम मान्छे आफ्नाे मालिक बन्ने उपाय चेतना, सकारात्मक चेत र सर्वसाधारणको आपसी एकता सहकार्य र एकअर्का माथीकाे विश्वास ...

(लघुसंस्मरण) सम्झनामा मात्र

Image
  (लघुसंस्मरण) सम्झनामा मात्र   सरण राई   कतिपय बस्तु र कुराहरू विस्थापित भईसके । सानाे छदा पहिलाे पल्ट "यताउता लर्बराउदा मुतमा भिज्याे जाङ्गे, ए साली , ज्यु भेनाज्यु" गीत ग्रामाेफाेनमा सुन्दा आश्चर्य ,सन्ताेष र असिम आनन्दकाे अनुभव । ग्रामाेफाेनभित्र मसिना मान्छेहरू हुन्छन् र तिनीहरूले गाएका रे। घाेप्टि घाेप्टि हेरिन्थ्याे कतै देखि हालिन्छ कि ! रेडियाे आयाे, टेप रिकर्डर आयाे । सि. डि. प्लेयर , ठूला ठूला साउण्ड बक्स । चक्का,रिकर्ड, क्यासेट,सि.डि हरायाे । अहिलेकाे कम्प्युटर, ल्यापटपमा सि.डि प्लेयर नै छैन । इन्टरनेटले जेलिएकाे विश्व । रङ्गिन दुनिया । ब्लाक एण्ड वाइट जमानामा जन्मेका हामी, नबाेल्ने सिनेमा, बाेल्ने तर श्यामश्वेत सिनेमा, पछि रङ्गिन सिनेमा । सिनेमा हलमा नगई सिनेमा हेर्न पाइदैनथ्याे । सिनेमा साेल्टिसित भेट्ने ठाउँ । अहिले सिनेमा त हातकाे माेबाइलमा (जुन जतिबेला चाहे पनि) । इन्साइक्लाेपेडिया ब्रिटानिका किताबकाे रूपमा छापिनै छाडेकाे छ । नेटमा फ्रि विल्किपेडिया । जे खाेज्याे ,साेध्याे टुप्लुक्क हाजिर । मैले देखेका चलाएका र उपभाेग गरेका धेरै कुराहरू-- एक पैसा मान...