(लघुलेख) अब मलाई के चाहिन्छ ?
(लघुलेख)
अब मलाई के चाहिन्छ ?
सरण राई
७४वर्ष एक महिना पूरा गरेपछि याे प्रश्न मनमा उठ्न थालेकाे छ । मान्छे परिस्थितिकाे दास भन्छन् ,हाे रहेछ ।
उमेरकाे
हिसाबले दस दस वर्षको अवधि आआफ्नो विशेषता बाेकेर आउँदाे रहेछ । दस
वर्षको उमेरसम्म केटाकेटी ! दस वर्षको उमेरभित्र पनि पाँच पाँच वर्षकाे
अवधिकाे अर्कै फरक गुणहरू जस्ताे पाँच वर्ष मुनिकाे बालक ।६ वर्ष पछि अलिक
अर्कै -- नयाँनाैलाे सिक्ने उमेर । त्यस्तै २०-२९/
३०-३९/४०-४९/५०-५९/६०-६९/७०-७९/८०-८९/९०-९९/उमेर अवधि ...
७५भन्दा
अगाडिका सबै भाेगियाे । थाहा पाइयाे । यसबारे भन्नै परे-- मैले मेराे
प्रकाशित १३वटा पुस्तक, ब्लग र युट्युबमा भनिसकेकाे छु ।सुन्नु नसुन्नु
आआफ्नै खुसी हाे ।
अब भावि दिनबारे
म
के चाहन्छु ? समयले अर्थात वृद्ध उमेरले मानिसलाई खुम्चाउदै लादाे रहेछ ।
"असिमीत चाहना सिमीत साधन" अर्थशास्त्रमा खुब पढियाे भनियाे ४०वर्ष
पढाइयाे । चाहना त अझै असिमीत छ तर उमेरले इच्छा पनि खुम्चाउदाे रहेछ । अब
मलाई चाहिने के हाेला?
अनुत्तरित ! अब प्राय सबै भाेगियाे कुवाकै भ्यागुताे भएर भएपनि । कुवा नै भ्यागुताकाे संसार हाे ।
मान्छेकाे
स्वभाव आजभाेलि १००% यान्त्रिक भएकाे छ । ± भएकाे छ । याे मेराे बुझाइ
एकलकाटे हुनसक्छ । सधै सुविधा सुविधैमा जीवन काट्ने र सर्वसाधारण आममान्छे
भएर जीवन गुजार्ने मेराे निष्कर्ष मिल्दैन नै ।
सर्वसाधारण
भई बाँचेर सर्वसाधारणकै लागि सक्दाे गरेर बाँचेकाेमा मलाई याे बचाइप्रति
गाैरव छ । अझै म बाँचुन्जेल सर्वसाधारणकै बचाइ चाहन्छु । सर्वसाधारण भएरै
मृत्युु वरण गर्न मन पराउछु जुन मृत्यु जिउँदाे मानिसकाे हातमा (इच्छामा)
हुँदैन ।
जाे जतिले अनेक
तिकडम षड्यन्त्र जालझेल धुर्तता गरेर सांसारिक सम्पत्तिका सुखभाेग गरे पनि
तिनीहरू पनि कालका निम्ति समान छन् । तिनीहरूकाे झुठाे घमण्ड...
Death the Leveller भन्ने उहिले ९/१०कक्षामा पढेकाे कविताले भनेझैँ मृत्युले सबलाई समान बनाइ दिन्छ । मृत्युपछि सब समान !

Comments
Post a Comment