(लघुआत्मालाप) उदेकलाग्दाे सत्य
(लघुआत्मालाप)
उदेकलाग्दाे सत्य
सरण राई
आयु
बन्द थैलीभित्र रहेकाे सिक्का रूपियाजस्तै रहेछ । बन्द थैली खाेलेर हेर्न
सकिँदैन । कति छ थाहा हुँदैन । एउटा सिक्का (रूपिया)= १वर्षको मान्दा
बढिमा १०० हुन सक्छ । थैलीभित्र थुप्रै छ भन्ने लाग्दा तन्नेरीकालमा
लापरवाहीसाथ खर्च गरीन्छ।
बन्द
थैलीमा कसैकाे पूरा १ पनि हुँदैन । कसैकाे १०भन्दा कम कसैकाे २०/
३०/४०भन्दा पनि कम भएर तन्नेरी युवा कालमा मृत्यु हुँदा आफन्तहरू धेरै
चिन्तित हुन्छन् । जब ६०भन्दा बढि खर्च हुन्छ अनि बाँकि कति हाेला ? मनमा
खेल्न थाल्छ । फाराे गरि चलाउन पाए... लाग्न थाल्छ ।
जे
जति बाँचिन्छ त्याे नै जीवन हाे ।बाँचुन्जेलकाे जीवन हाे । "मरेपछि
लम्पसार ।" "मरेकाे भाेलिपल्ट दुई दिन ।" यस्ता कति उखान र भनाइ छन् जसले
यथार्थ सम्झिरहन मद्दत गर्छ । तापनि मानिसभित्रकाे लाेभपाप मर्ने बेलासम्म
पनि जस्ताकाे तस्तै रहिरहने देख्दा ... के भन्नू र !
तृष्णा
कहिल्यै तृप्त हुँदैन । तृष्णाभन्दा वैराग्यमा सन्ताेष रहेछ । बुझेर पनि
अजम्बरीझैँ तृष्णाकाे पछि लागिरहनु मानव स्वाभाव रहेछ ।
त्यसै
भएर मान्छे बाँचुन्जेल के र कुन ठूलाे र के र कसकाे पछि लागेर जीवन सार्थक
पार्ने ? अलमलमै रहनु र अलमलमै आनन्द लागिरहनु उदेकलाग्दाे सत्य रहेछ ।
२०७९असाेज १६,आइतबार, धरान

Comments
Post a Comment