(लघुसंस्मरण) जन्म गाउँ-- छिनामखु
(लघुसंस्मरण) जन्म गाउँ-- छिनामखु सरण राई १. स्कुले केटाकेटी जीवन २००४,चैतमा छिनामखुमा जन्मेकाे मैले आफ्नाे जन्म गाउँ भुल्ने कुरै भएन । आमाबुबाजस्तै हाे जन्मस्थल । ७५वर्ष अगाडिकाे त्याे समय आजभाेलिकाे जस्ताे थिएन नै । यातायात, सञ्चार, शिक्षा, बिजुली र स्वास्थ आदि सुबिधाकाे अभाव भएका सबै पहाडी क्षेत्र दुर्गम र विश्वबाट एक्लिएकाे थियाे । रेडियाे पनि नभएकाे त्याे बेला माेबाइल, टेलिभिजन , टेलिफाेन र इन्टरनेटकाे नाम पनि सुनिएकाे थिएन । गाउँ सुनसान भए पनि प्रकृतिकाे काखमा रहेकाेले स्वास्थप्रद थियाे । केही धनिमानी मानिसहरू बाहेक सबैकाे खुट्टामा जुत्ता हुँदैनथ्याे । खाली खुट्टा हुन्थे , हरिनाथले कुर्कुच्चा चिरिएकाे हुन्थ्याे । जुत्ता लगाउनेहरूले पनि स्थानीय सार्कीले बनाएका करूवा काँटी ठाेकिएकाे कडा जुत्ता लगाउथे । त्यस्ताे जुत्तालाई नरम बजाउन बाेसाे दलिरहन पर्थ्याे । केटाकेटीहरूले त झन् जुत्ता जुत्ता लगाउने कुरै थिएन । २००७सालपछि खुलेकाे गाउँकाे स्कुलमा पढ्ने हामी सबै खाली खुट्टा । त्यतिबेला मुलुकका ९५% मानिसहरू खाली खुट्टामा हुन्थे । त्यसले उखान बनेकाे थियाे -- "जुत्ता ल...