(लघुआत्मालाप) तलतल

 

(लघुआत्मालाप)
तलतल
 
सरण राई
 
नमेटिने तलतल...
अरु के हुन्थ्याे नि ? बाँचेर भाेग्ने थप चाख्ने जिन्दगीकाे रस स्वाद बेस्वाद नि...
मानिस सुखमा हुँदा सप्तरङ्गी दुनियामा भुलिदाे रहेछ र समय उमेर बितेकाे पत्तै नहुँदाे रहेछ । जब मानिस असह्य पीडाले घायल हुन्छ अरू दुई रङ थपिएर जीवन नाैरङ्गी बन्दाे रहेछ ...
सप्तरङ्गी जीवनमा प्रसन्नता आनन्द सुखानुभूति र नाैरङ्गी जीवनमा त्यस्तै खुसीकाे लालसा... जीवन त आखिर मृत्युमै टुङ्गिने हाे नि (सबैलाई थाहा छ ।) ता पनि अझ केही धेरै बाँचेर नयाँ नाैलाे आफुले भाेग्न चाख्न बाँकि स्वाद बेस्वाद भाेग्ने तलतल नसा प्यास कति बाँचे तृप्त हाेला ?
नसाेचाैँ भन्दा पनि मनकाे अनेकन भित्रि तहहरूमा मेराे (मेरा समकालिनहरूका मनमा पनि) यस्ताे साेच आउँछ नै ।
सरसरी केलाउदा वितेकाे कालखण्डमा के चाहिँ भाेगियाे ?
मायामा प्रचुर भिजेर डुबेर बैँस बित्याे । सन्तान परिवारकाे मायाले "सिसिफस" भइयाे । घृणा त झन् कति पाेखियाे पाेखियाे अनेक कुरूप रूपहरूमा ...भनी गनि साध्य हुँदैन ।सबैले जस्त‌ै स्वाभाविक जीवन भाेगियाे । आफ्नाे अंशभागमा परेकाे जिन्दगी मज्जालि नै भाेगे पनि भाेगाइ अधुराे भएकाे भान भईरहन्छ, यस्तो लागिरहनु लत हाे । तलतल हाे । कति मीठाे अतृप्ति ।
राेग शाेक पीडा पीर सबै पचाएर अझै धेरै बाँचेर कसैले नभाेगेकाे अजाैठाे "पूर्ण जीवन" भाेग्ने तलतल ...
कहिल्यै नमेटिने तलतल ...! मीठाे अपरिमित तलतल कि "फिनीसिङ टच" नभएकाे मधुर छाेटाे मनुष्य जीवन ।
🌹
२०७८ चैत २१, धरान
🌿



🌿


Comments

Popular posts from this blog

(स्मृतिलेख) स्वरसम्राट नारायणगोपालप्रति शब्दश्रद्धासुमन

(लघुसंस्मरण) जन्म गाउँ-- छिनामखु

(लघुलेख ) आख्यान