(लघुलेख) नेपाली किन गरिब छन् ?

 

(लघुलेख)
नेपाली किन गरिब छन् ?

सरण राई
 
प्राकृतिक, वातावरणीय र जाँगरिलाे जनशक्ति हुँदाहुँदै पनि भूपरिवेस्टित देश नेपालका नेपालीहरू गरिब छन् ।सासकहरू भने धनि भएका र भईरहेका छन् ।
नेपालीहरू गरिब भईरहनु र निकट भविष्यमा पनि गरिब नै रहिरहने कारण के हाेला ?
राणा शासन र पञ्चायती व्यवस्था कालका राज्य नीति जनउत्थानकाे पक्षमा थिएन । सर्वसाधारणकाे हित अनुकूल थिएन ।
२०४६ पछि पनि राज्य नीति जनउत्थानकारी हुन सकेकाे छैन । शासक रहेका दलहरू जहिल्यै पनि गुलाम प्रवृत्तिमा लिप्त रहे । विदेशीका हितअनुकल निर्देशित नीतिकै भरिया नै भई रहे ।
देश र जनताकाे पक्षमा कहिल्यै साेचेनन् । देशका लागि स्वावलम्बी नीति बनाई कार्यान्वयन गर्ने बारे ध्यान दिएनन् । राजनीति फाेहाेरी भयाे । देश र जनताकाे भलाईमा राजनीति प्रयाेग भएन ।
सर्वशक्तिमान राजनीतिकाे सदुपयाेग भएन ।
अब राजनीतिलाई फाेहाेर पारेर दुरुपयाेग गर्नेहरूका साथ सबैले कठाेर हुनुपर्ने बेला भएकाे छ ।
असल राजनीति र सहि राज्य नीतिले नै सबै नेपालीलाई
धनि बनाई सुखी बनाउने छ । उन्मुक्तिकाे स्वास फेर्न नपाएका नेपालीहरू सुखी हुने छन् ।

 
🎉
२०८१/६/५
 
 
 

 

Comments

Popular posts from this blog

(स्मृतिलेख) स्वरसम्राट नारायणगोपालप्रति शब्दश्रद्धासुमन

(लघुसंस्मरण) जन्म गाउँ-- छिनामखु

(लघुलेख ) आख्यान