(लघुआत्मालाप) सर्वसाधारण मान्छे हाे कि हाेइन ?
(लघुआत्मालाप)
सर्वसाधारण मान्छे हाे कि हाेइन ?
सर्वसाधारणको सामान्य जीवन ...
कसरी र केका लागि बाँचिरहेका हुन्छन् ? महत्त्वपूर्ण छ ? त्याे पनि बचाइ हाे ?
संसार सर्वसाधारणले भरिईएकाे छ । संसार एकप्रकारले साेच्ने हेर्ने हाे भने उनीहरूले नै थामेका छन् । सर्वसाधारण आम भुइँ मान्छेलाई सुबिधाभाेगि सत्तामा पहुच भएकाहरू मान्छे मान्दैनन्, मान्छे गन्दैनन् । हेप्छन् , किन्न र प्रयाेग गर्न सकिने जिनिस सम्झन्छन् । अधिकांश सर्वसाधारणहरूमा साेचकाे अभाव भएकैले सदैव दास नाेकर भईरहेका छन् ।
साेच सकारात्मक हुनुपर्छ । "म अरुकै नाेकर चाकर हली गाेठालाे दास भएर मात्र बाँच्न सक्छु, मालिक हुन सक्तिनँ" जस्ता गलत साेचले सामान्यमान्छेसदैव दास भईरहेकाछन् । आफ्नाे मालिक आफै हाे भन्ने साेच नपलाएसम्म काेही आफ्नाे मालिक आफै बन्न सक्तैन । अझ सासनपध्दत्ति पनि हुने खाने उपल्लाेकै पक्षमै रहेकाे छ । उनीहरूले चलाएकाे शासण सर्वसाधारणकाे हितमा हुने कुरै भएन ।
यस्तो अवस्थामा पनि आम मान्छे आफ्नाे मालिक बन्ने उपाय चेतना, सकारात्मक चेत र सर्वसाधारणको आपसी एकता सहकार्य र एकअर्का माथीकाे विश्वास हाे ।
" म पनि केही गर्न सक्छु, केही गरेर म आफ्नाे मालिक आफै बन्न सक्छु ।" भन्ने साेचले सर्वसाधारणहरूका अवस्था फेर्ने छ । आफै मालिक भएका उनीहरूले विश्काे युध्दउन्मुल उल्टाे यात्रालाई विश्व शान्तिकाे सुल्टाे यात्रामा परिणत गर्ने छन् ।
२०८१/२/२०, धरान
Comments
Post a Comment