(लघुलेख) अवास्तविक क्षणिक मनाेरञ्जन
(लघुलेख)
अवास्तविक क्षणिक मनाेरञ्जन
सरण राई
छाडा सस्ताे मनाेरञ्जनतर्फ विश्वभरिकै याे युगमा अनेकाैं दु:खि दु:ख भाेगि पाईरहेका आम सर्वसाधारण भुइँ मान्छेहरू आकृष्ट भएका छन् । अवास्तविक भए पनि क्षणिक सुख सामाजिक सञ्जालका आकर्षण ... उल्टाे युध्दमा आधारित उल्टाे विकासले मानव जातिलाई दुरूह कष्ट दिईरहेकाेले उन्मुक्तिका लागि छट्पटिएकाहरूमा भ्रमात्मक अवस्थितिमा अल्मलाई राख्न सफल सामाजिक सञ्जाल ।
सिध्दान्त, सहि साेच र विचार मन्थन खाेलै खाेला । साेचले खालि दिमाग । साेच नभएका अन्धा जनता । साेच पलाउनै नसक्ने वातावरण । हा हु हाहुमा चल्ने ऐजेरु राजनीति । युध्द पिपासुहरूलाई हाईसञ्चाे । सहि सुल्टाे बाटाे कसले खाेज्ने साेच्ने ?
मानव विकास र विश्व शान्ति धरापमा पारेर युध्द उन्मादिहरूले शासन गरिरहेकाे वर्तमान जगत । सामान्य मान्छेहरू -- अकिञ्चन जाबाे । सानाे थाेर मनाेेरञ्जनका लागि सञ्जालमा झ्याम्मिनु र खालि दिमाग उनीहरूका । सत्तासिनहरूलाई हाईसञ्चाे ।
तापनि, अब
सर्वसुलभ सामाजिक सञ्जाललाई पनि सर्वसाधारणहरूले मनाेरञ्जनका लागि मात्र नभई आफै आफ्नाे मालिक बन्नका लागि उपयाेग-प्रयाेग गर्दा कसाे हाेला ?

Comments
Post a Comment